skip this

सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि आइपिओ निष्कासन गर्दै मेन्छियाम

1.13K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-मेन्छियाम हाइड्रोपावरले सर्वसाधारणको लागि वैशाख ४ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आइपिओ निष्कासन गरी सकेपछि सर्वसाधारणको लागि निष्कासन गर्ने भएको हो।

कम्पनीले जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको ३० प्रतिशतले हुने आउने १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्कासनमा ल्याउन लागेको हो।

जसमध्ये १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि छुट्याएकोमा ५ लाख ५ हजार ७८० कित्ता सेयर मात्रै स्थानीयमा वितरण भएको कम्पनीले बताएको छ।

जारी पुँजीको २० प्रतिशत अर्थात् १० करोड ८५ लाख १६ हजार ७०० रुपैयाँ बराबरको १० लाख ८५ हजार १६७ कित्ता सेयरमध्ये १ करोड ८ लाख ५१ हजार ७०० रुपैयाँ बराबरको १ लाख ८ हजार ५१७ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि बिक्री गरीसकेको छ।

यस्तै २ प्रतिशत अर्थात् २२ हजार ४३९ कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात् ५६ हजार ९९ कित्ता सामुहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी रहेको ९ लाख ३४ हजार ९१५ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

उक्त आइपिओमा वैशाख ७ गतेसम्म आवेदन दिन सकिन्छ। सो अवधिमा सम्पूर्ण कित्ताको लागि आवेदन नपरेमा वैशाख १९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सकिने व्यवस्था छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रवन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ।

उक्त आइपिओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी-आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम जनाउँछ।

nijgadh-supermart-adz1200-630