लखनउविरुद्ध पहिलो जितको खोजीमा हैदराबाद
वि.सं.२०७९ चैत २४ शुक्रवार ११:५७
891
shares

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज लखनउ सुपर जायन्ट्सले घरेलु मैदानमा सनराइजर्स हैदराबादको सामना गर्दैछ ।
लखनउ र हैदराबादबीचको खेल राति ७ः४५ देखि अटल बिहारी वाजपेयी स्टेडियममा सुरु हुनेछ । लखनउ आज हैदराबादलाई हराउँदै लिगमा दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा दिल्ली क्यापिटल्सलाई ५० रनले हराएको थियो ।
दोस्रो खेलमा भने लखनउले चेन्नई सुपर किंग्सँग १२ रनको हार बेहोर्यो । चेन्नईविरुद्धको हारलाई बिर्सिँदै लखनउ हैदराबादविरुद्ध उत्कृष्ट कमब्याक गर्ने सोचमा छ । हैदराबाद भने पहिलो जितको खोजीमा छ ।
ऊ पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो । हालसम्म आइपिएलमा लखनउ र हैदराबादले एक खेलमा प्रतिस्पर्धा गरेका छन् ।
वि.सं.२०७९ चैत २४ शुक्रवार ११:५७
















