skip this farak Kura Pravakar

स्वरोजगार र उद्यमशीलतामा सहकारीको विशेष योगदान छ–सचिव रेग्मी

918 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । सामाजिक, आर्थिक रुपान्तरणमा सहकारीले महत्वपूर्ण योगदान पुर्याएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले बताएका छन् ।

राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी तेस्रो सहकारी सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्दै उनले सहकारी विस्तार भएका ठाउँमा आर्थिक, सामाजिक सुधार भएकाले मानव विकास सूचाङ्कमा सुधार ल्याउन पनि सहकारीको योगदान हुने बताएका छन् ।

डा रेग्मीले भने, “सहकारी क्षेत्रले नेतृत्व विकास, स्वरोजगार, उद्यमशीलतामा विशेष योगदान गरेको छ, सहकारीको माध्यबाट उत्पादन वृद्धि गरेर आयात कम गराउन सकिनेछ ।” केही सहकारीमा समस्या आउँदा सिङ्गो सहकारी बदनाम बन्न पुगेको उल्लेख गर्दै उनले सुरक्षित अवतरणका लागि सबैको सहयोग र योगदानको खाँचो रहेको बताएका छन् ।

nijgadh-supermart-adz1200-630