skip this farak Kura Pravakar

मिटरब्याज र लघुवित्त ऋण पीडितको माग पूरा गर्न जरुरी छ –प्रेम सुवाल

1.12K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मिटरब्याज पीडित र लघुवित्त पीडितमाथि प्रहरीले गरेको लाठी प्रहारको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोध गरेका छन्।आज प्रतिनिधि सभामा बोल्दै सुवालले त्यसलाई संविधानमा उल्लेख हकको उल्लंघन भनेका हुन्।सुवालले जनताको शान्तिपूर्ण भेलामा भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्‌मा स्पष्ट गर्न लगाउनु आवश्यक रहेको बताएका छन् ।

उनले भने, ‘काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याज पीडित जनता र इनरुवामा भेला भएका लघुवित्त ऋण पीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक स्वतन्त्रता र शान्तिपूर्ण भेला हुन पाउने स्वतन्त्रताको हकको हनन् हो।’ ‘मिटरब्याज पीडित र लघुवित्त ऋण पीडित जनताको माग पूरा गर्न जरुरी छ’, उनले भने।

nijgadh-supermart-adz1200-630