मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल
वि.सं.२०८० वैशाख १० आइतवार १०:५७
960
shares

काठमाडौं । प्रभु क्यापिटलमार्फत मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर रजिष्ट्रारको काम हुने भएको छ । यस कम्पनीले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो । वैशाख ८ गते सेयर रजिष्ट्रारको काम गर्न यि कम्पनीबीच सम्झौता भएको हो ।
सम्झौतामा अध्यक्ष हिमाल गुरुङ हाइड्रोपावरको तर्फबाट र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका हुन् ।कम्पनीका अनुसार अब प्रभु क्यापिटलले सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु गर्नेछ ।
वि.सं.२०८० वैशाख १० आइतवार १०:५७
















