सांसद प्रभु हजराको प्रश्न–पथलैया–वीरगञ्ज ६ लेन सडक र वीरगञ्ज सभा गृह निर्माण कहाँ अड्कीयो ?
वि.सं.२०८० वैशाख १२ मंगलवार १७:३५

काठमाडौं–नेकपा (एमाले) पर्साका सांसद प्रभु हजराले त्रिभुवन राजपथ अन्तर्गत पथलैया–वीरगञ्ज ६ लेन व्यापरिक मार्ग निर्माण पुरा नभएको बारेमा सरकारको ध्यानकषर्ण गराएका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा शुन्य समयमा बोल्दै सांसद हजाराले पथलैयादेखि रक्सौलसम्म बन्नुपर्ने सडक गण्डकमा पुगेर अड्कीएको भन्दै दुई वर्षदेखि कहाँ अड्कीएको भन्दै प्रश्न गरेका हुन् ।
सडक निर्माण नहुने र सर्वसाधारणले पनि घर बनाउन नपाउने अवस्था रहेको भन्दै सर्वोच्च अदालतमा लामो समयसम्म अड्कीएको भन्दै विकास निर्माण विचमै रोकिदा जनता मर्कामा परेको बताए । उनले सडक निर्माण तत्काल अघि बढाउन माग गरे ।
सांसद हजारले वीरगञ्जमा अन्तर्राष्ट्रिय स्तरको सभा गृह निर्माण कहाँ अड्कीयो भन्दै प्रश्न गरेका छन् । उनले राष्ट्रपतिको भारत भ्रमणका क्रममा सम्झौता भएको ४५ करोडको लागतमा निर्माण गर्न भारत सरकारले अनुमति समेत दिईसकेको अवस्था कहाँ अड्कीएको भन्दै प्रश्न गरेका हुन् ।
उनले भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यसबारेमा भारत सरकारसंग कुरा राख्न अनुरोध गरे ।
वि.सं.२०८० वैशाख १२ मंगलवार १७:३५

















