उप निर्वाचन बारा–२ अपडेट : उपेन्द्र यादवसंगको मतान्तर घटाउँदै शिवचन्द्र
वि.सं.२०८० वैशाख १२ मंगलवार १८:०१
1.18K
shares

काठमाडौं– बारा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको मतगणना भइरहेको छ । पछिल्लो विवरण अनुसार जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले जसपा अध्यक्ष तथा सत्तारुढ गठबन्धन उम्मेदवार उपेन्द्र यादवसंगको मतान्तर घटाएका छन् ।
मत परिणाम अनुसार यादबले अग्रता कायमै राखेका छन् भने कुशवाहले मतान्तर घटाएका हुन् ।
यादबले १८ हजार ४९६ मत ल्याएर अग्रता लिँदा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले १४ हजार १७४ मत ल्याएर पछ्याइरहेका छन् । यादब र कुशवाहबीचर ४ हजार ३ सय २२ मतान्तर छ । यस अघिको मतपरिणाममा ५ हजार २ सय ३ मतले यादव अघि थिए । कुशवाहले ८ सय ८१ मतान्तर घटाएका हुन् ।
यसैगरी, एमाले पुरूषोत्तम पौडेलले ५ हजार ५ सय १४ मत ल्याएका छन् ।
वि.सं.२०८० वैशाख १२ मंगलवार १८:०१

















