skip this farak Kura Pravakar

काठमाडौंका विद्यालयभित्र राजनीतिक कार्यक्रमहरु गर्न प्रतिबन्ध

882 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधी तथा कार्यक्रम आयोजना गर्न गर्न दिने प्रधानाध्यापक माथी कारबाही गर्ने जनाएको छ ।

महानगरपालिकाले आफु माताहातका सबै विद्यालयहरुलाई परिपत्र गर्दै त्यस्तो कार्यक्रम गर्न अनुमति दिने प्रधानाध्यापकलाई विभागीय कारबाही गर्नेसम्मको चेतावनी दिएको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी, सिताराम कोइरालाका अनुसार विद्यालय हाता भित्र अझै पनि राजनीतिक दल र भातृ संगठनका कार्यक्रमहरु भएको प्रमाणसहित उजुरी प्राप्त भए पछि सो निर्देशन जारी गरिएको हो ।

‘कुनैपनि राजनीतिक दल र भातृ संस्थाका कार्यक्रम विद्यालयभित्र गर्न नदिन सूचित गरिन्छ,’ महानगरद्धारा जारी निर्देशनमा भनिएको छ, ‘अनुगमनका क्रममा यस्तो कार्यक्रम गरेको भेटिए वा प्रमाण पुगेको अवस्थामा प्रधानाध्यापकमाथि विभागीय कारबाही हुने ब्योहोरासमेत जानकारी गराईन्छ ।’

nijgadh-supermart-adz1200-630