कोल्हवी नगरपालिकाबाटै श्रम स्विकृति र पुनः श्रम स्विकृति सेवा
वि.सं.२०८० वैशाख १४ बिहीवार १३:४७
1.76K
shares

बारा । कोल्हवी नगरपालिकाबाटै श्रम स्विकृति र पुनः श्रम स्विकृति सेवा सुरु भएको छ ।
नगरपालिकाले बुधबार सूचना प्रकाशित गरेर श्रम स्विकृति र पुनः श्रम स्विकृति सेवा सुरु गरेको जानकारी गराएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि स्थानीय तहबाट श्रम स्विकृति र पुनः श्रम स्विकृति सेवा दिने गरि व्यवस्था मिलाउन परिपत्र भएपछि कोल्हवीले सेवा सुरु गरेको हो ।
नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत रोजगारीमा जानेको लागि व्यक्तिगत श्रम स्विकृति र पुनः श्रम स्विकृति सेवा लागि आवेदन गर्ने कार्य सुरु गरेको छ ।

वि.सं.२०८० वैशाख १४ बिहीवार १३:४७

















