अपडेट : सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एक जनाको मृत्यु
वि.सं.२०८० वैशाख २२ शुक्रवार १७:०७
1.16K
shares

काठमाडौँ । संखुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय भविन गुरुङ रहेका छन् ।
कोशी प्रहरी प्रदेशका प्रमुख डीआइजी राजेशनाथ बास्तोलाले भविनको मृत्यु भएको पुष्टि गरे । गुरुङ हेलिकोप्टरकै कर्मचारी रहेको बताइएको छ ।
संखुवासभाको भोटखोला गाउँपालिकामा सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दिउँसो दुर्घटनामा परेको थियो ।
खुवासभामा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइते भएकाहरूलाई राजधानीकाठमाडौँ ल्याइएको छ । हेलिकोप्टर चालक सुरेन्द्र पौडेल र छिरिङ भोटेलाई उपचारका लागि हेलिकोप्टरमार्फत राजधानी ल्याइएको हो ।
उनीहरूलाई हेलिकोप्टरबाट सिधै ललितपुरको मेडिसिटी अस्पताल लगिएको हो । उनीहरुको उपचार सुरु भइसकेको अस्पतालले जनाएको छ ।
वि.सं.२०८० वैशाख २२ शुक्रवार १७:०७

















