skip this farak Kura Pravakar

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता, शरणार्थी प्रकरणमा छलफल

681 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिएका छन् ।

मुलुकको पछिल्लो समसामयिक विषयमा उनीहरूबीच छलफल भएको उनको भनाई छ । नक्कली शरणार्थी प्रकरणमा पार्टीका उच्च नेता जोडिएपछि यसअघिको भेटमा एमाले अध्यक्ष ओलीले निर्दोष फस्न नहुने र दोषी उम्कन नहुने विषयमा प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएको बताएका छन् ।

nijgadh-supermart-adz1200-630