skip this

अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा लगायतलाई रुसमा प्रतिबन्ध

3.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

मस्को । रुसले संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामा, टेलिभिजन होस्ट स्टीफन कोल्बर्ट र सीएनएनका एरिन बर्नेटलगायत ५०० अमेरिकीनहरुलाई रसिया प्रवेश गर्न प्रतिबन्ध लगाएको छ।

रुसले शुक्रबार गरेको घोषणा गरे अनुुसार जो बाइडेन प्रशासनले लगाएको नियमित रुस विरोधी प्रतिबन्धको प्रतिक्रियामा ५०० अमेरिकीहरु माथी सो प्रतिबन्ध लगाईएको हो । ‘अमेरिकका कार्यकारी शक्तिका धेरै प्रमुख व्यक्तित्वहरूलाई देश प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ, रुसी बिदेश मन्त्रालयको एक विज्ञप्तिमा भनिएको छ ।

सिएनएनका अनुसार सो प्रतिबन्धको सूचीमा पुर्व राष्ट्रपति बाराका ओबामा, पूर्व अमेरिकी राजदूत जोन हन्ट्सम्यान, धेरैजसो अमेरिकी सिनेटरहरू, चार्ल्स क्यू ब्राउन जुनियरलगायत समावेश रहेका छन् ।

nijgadh-supermart-adz1200-630