skip this farak Kura Pravakar

भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडिदै छः महेश बस्नेत

807 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको नेकपा (एमाले) का केन्द्रिय सदस्य महेश बस्नेतले आरोप लगाएका छन् ।भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ  अगाडी राखेका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा राखेका बुँदा
१.आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्रीबीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२.गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।

३. केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।

४.केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५.तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६.प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।

७.तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८. उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन ।

९.निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।

१०.सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।

११.आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।

१२.केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३.जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।

१४. देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन

१५. बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६. रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ । यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

घेराबन्दी तोडिएको हो र तोडिनेछः

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे ।

दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला ९स्वर्गीय० का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले ) सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी वयान दिएका छन् । कथित वयान भनिएको एमाले विरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले वयानको अंश छानी–छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरीरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।

nijgadh-supermart-adz1200-630