पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्छ : गणेशप्रसाद तिमिल्सिना
वि.सं.२०८० असार ६ बुधवार १२:२६
(230613) -- BEIJING, June 13, 2023 (Xinhua) -- Wang Huning, chairman of the National Committee of the Chinese People's Political Consultative Conference, meets with Ganesh Prasad Timilsina, chairman of the National Assembly of Nepal, in Beijing, capital of China, June 13, 2023. (Xinhua/Yao Dawei)
काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्नुपर्ने राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय चार्टर्ड उडान अवतरण गरेपछि आज उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सबैले जागरुकता देखाउँदै आ–आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्ने बताएका छन् ।
यसले नेपालको पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने उनको भनाइ छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । उक्त जहाजले राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० जना यात्रु बोकेर छेन्दुबाट पोखरा आएको हो ।
वि.सं.२०८० असार ६ बुधवार १२:२६
















