मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराको अध्यक्ष चन्द्रिका पुलामी मगर चयन
वि.सं.२०८० असार १६ शनिवार २१:५१

बारा (निजगढ)– मेचीमहाकाली बुहारी संयुक्त आवाज बाराको अध्यक्षमा चन्द्रिका पुलामी मगर चयन भएकी छिन् ।
आवाजको वरिष्ठ उपाध्यक्षमा सकुन्तला लामा सगुन, उपाध्यक्ष शान्ति लामा, सचिवमा उषा लामा मोक्तान, सहसचिव सारदा विष्ट, कोषाध्यक्षमा लक्ष्मी लम्साल, सह–कोषाध्यक्ष रुपा घलान चयन भएका छन् ।
त्यसैगरि सदस्यमा पुजा सापकोटा, नेत्रकुमारी सापकोटा, ईश्वरी खड्का, कृति लम्साल, देवकी अधिकारी, अनिता पाण्डे, कृष्णकुमारी थापा मगर, नेत्रकुमारी थापा, मीना चौरेल, लक्ष्मी लामिछाने, नेत्रकुमारी सापकोटा, मिना सापकोटा चयन भएका छन् ।

त्यसैगरि सल्लाहकार समितिमा सुभद्रा पौडेल नेपाल, कल्पना खरेल, चन्दा लामा, सुनमाया लोप्चन, शोभा खनाल चयन भएका छन् ।
आवाजकी अध्यक्ष सावित्री बराल तिमल्सिनाले राजिनामा दिएपछि समिति पुर्नगठन गरिएको हो । निजगढ–७ स्थित होटल हेभेनमा आयोजिक एक कार्यक्रममा कोषाध्यक्ष रहेकी चन्द्रिकाको नेतृत्वमा केहि नयाँ पदाधिकारी र सदस्य थप गरेर कार्यसमिति पुर्नगठन गरिएको हो ।
कार्यक्रममा मधेस प्रदेश सांसद मिना लामाको प्रमुख आतिथ्यता रहेको थियो । आवाजकी प्रदेश संयोजक पुजा पाठक, महिला नेतृ सावित्री भारती, सीता मैनाली, विष्णु नेपालको विशेष आतिथ्यता रहेको कार्यक्रममा नेतृ कल्पना खरेल, कार्यपालिका सदस्य मिरा चौरेल, पूर्वकार्यपालिका सदस्य एव. सञ्चारकर्मी पवन भगिरथ, पत्रकार महेश्वर अधिकारी, उमेश घलान लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमा संस्थागत परिचय प्रदेश संयोजक पुजा पाठक, बारा शाखाले गरेका गतिविधि र अनुभुती वरिष्ठ उपाध्यक्ष सकुन्तला लामा सगुन, स्वागत उपाध्यक्ष शान्ति लामा र सञ्चालन सचिव उषा लामा मोक्तानले गरेकी थिईन् ।
वि.सं.२०८० असार १६ शनिवार २१:५१
















