नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन
वि.सं.२०८० साउन २ मंगलवार १२:२५
1.02K
shares

काठमाडौं। नेपाल वायुसेवा निगमले नेपाल एयरलाइन्सको उडान डिले भएपछि छानबिन गर्न समिति गठन गरेको छ । क्वालालाम्पुर–भैरहवा–काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको विमान उडान डिले भएपछि निगमले छानबिन समिति गठन गरेको हो ।
निगमको आरए ४२२ उडान भर्नु अगाडि विमानको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको भन्दै उडान डिले गरिएको थियो । सबै व्यवस्था गरेपछि अहिले विमान उडान भर्ने तयारीमा रहेको छ । तर, निगमले छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
वि.सं.२०८० साउन २ मंगलवार १२:२५

















