skip this farak Kura Pravakar

जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरेर वडा कार्यालयलाई बनाए शक्तिशाली !

अब वडा सचिवले नै गर्ने छन् यी काम

2.53K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमराका प्रमुख प्रशासकीय अधिकृतले अधिकार प्रत्यायोजन गरेर वडा कार्यालयलाई बनाए थप शक्तिशाली बनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृतले हरिलाल पुरीले वडा सचिवलाई अधिकार प्रत्यायोजन गर्दै वडा कार्यालयलाई शक्तिशाली बनाईएको हो ।

अधिकार प्रत्यायोजन भएसँगै उपभोक्ता समिति मार्फत सम्पन्न हुने रु. २० लाख सम्मका वडा स्तरिय योजनाहरुको सम्झौता गर्ने छ । कार्यआदेश दिने कार्य स्थायी सेवामा कार्यरत वडा सचिवबाट गरिनेछ । जसमा कार्यमा वडामा कार्यरत प्राविधिक कर्मचारी (सव–ईन्जिनियर वा अमिन) अनिवार्य संलग्न हुनु पर्ने व्यवस्था गरिएको छ ।

त्यसैगरि वडा भित्रका जैविक तथा वातावरणिय प्रभाव पर्ने र ठुला उद्योग बाहेकका साना व्यवसायीको व्यवसाय दर्ता, नविकरण, नामसारी र ठाउँसारी गर्ने कार्य पनि अब वडा कार्यालयबाट स्थायी सेवामा कार्यरत वडा सचिवले गर्नेछन् ।

त्यस्तै उपभोक्ता समितिबाट सम्पन्न गरिने योजनाहरुको सम्बन्धमा उपभोक्ता समितिको दर्ता र नविकरण गर्ने कार्य स्थायी सेवामा कार्यरत वडा सचिवबाट सम्पन्न गर्ने अधिकार पनि वडा सचिवलाई अधिकार प्रत्यायोजन गरिएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ७३ को उपदफा २ मा प्रमुख प्रशासकीय अधिकृतले आफ्नो अधिकार प्रत्यायोजित गर्न सकिने व्यवस्था तथा सातौं कार्यपालिकाको निर्णय नं. ३ र ४ बमोजिम जीतपुरसिमरा उपमहानगरपालिकाको चालू आ.व. २०८०/०८१ को वडा स्तरिय पुजींगत योजनाहरु, व्यवसाय दर्ता र उपभोक्ता समिति दर्ताको काम हुनेछ ।

योजना सम्पन्न भएपछि भुक्तानी माग गर्ने गरी अख्तियारी वडाले पाएको छ । प्रचलित कानुनको अधिनमा रह खर्च गर्न, आन्तरिक लेखा परीक्षण गराउँन र अन्तिम लेखा परीक्षण समेत गराउनु पर्नेछ ।

nijgadh-supermart-adz1200-630