गाउँ सरसफाईमा जुटे गाउँवासी
वि.सं.२०८० साउन ३२ बिहीवार ०९:१५
1.01K
shares

बारा–बाराको जीतपुरसिमरा–१६ का स्थानीय सडकको सरसफाईमा जुटेका छन् । महेन्द्रनगर टोल विकास समितिको सक्रियतामा टोलको सरसफाइ शुरूवात भएको हो ।
सरसफाई नभएकै कारण विभिन्न संक्रमण फैलिने जोखिम बढेपपिछ स्थानीय जागरुक भएर अभियानमा जुटेको भन्दै वडा अध्यक्ष हरिदेव खरेलले धन्यवाद समेत दिएका छन् ।

त्यस्तै स्थानीय श्री शिद्धेश्वर महादेव मन्दिर वरिपरि सरसफाइ गरिएको छ । मन्दिरमा पुजाआजाको साथ साथै भजन कृतन हुन गइरहेकाले सरफाई गरिएको हो ।
स्थानीय मनोज पन्तका अनुसार आफ्नो गाउँ आफै बनाउँ, आफ्नो घर वरिपरि आफैंले सफा राखौं भन्ने अभिप्रायले पिलुवामा समेत सरसफाई गरिएको छ ।
वि.सं.२०८० साउन ३२ बिहीवार ०९:१५
















