पथलैयाबाट २८ लाख पचास हजारको अवैध सामाग्री लोड भएको ट्रक पक्राउ
वि.सं.२०८० असोज १९ शुक्रवार १८:११
1.77K
shares

बारा–बाराको जीतपुरसिमरा–१ पथलैयाबाट प्रहरीले अवैध सामाग्री लोड गरेको एक ट्रक नियन्त्रणमा लिएको छ ।
बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगंजबाट झापातर्फ जादैँ गरेको ना.३. ख १४३ नं. को ट्रकलाई नियन्त्रणमा लिएको हो ।
विहीबार राती साढेँ १० बजे प्रहरीले चेक जाँच गर्दा बिल विजक भन्दा बढी र श्रोत नखुलेका सामानहरुको बरामद् भएको बारा प्रहरीले जनाएको छ ।
२८ लाख पचास हजार तीन सय ६३ बराबरको खुद्रा सामानहरु सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले प्रेस नोटमार्फत जानकारी गराएका छन् ।
वि.सं.२०८० असोज १९ शुक्रवार १८:११

















