skip this

भक्तपुरबाट ७ जना जुवाडे पक्राउ

702 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट स्थित महेन्द्र शान्ति चोकबाट प्रहरीले ७ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ४४ वर्षीय रामबाबु रानाभाट सहित ७ जना छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता (डिएसपी) राजु पाण्डेका अनुसार आरोपीहरु रानाभाटको घरमा तास खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले जुवा खालबाट ८५ हजार ४ सय ५५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630