skip this

न्यानो बाड्दै नेपाल महिला विकास निजगढ

1.03K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा (निजगढ) : नेपाल महिला विकास संस्थाले संस्थापक अध्यक्ष स्व. नेत्र कुमारी पौडेलको छैटौं स्मृति दिवसको अवसरमा अति विपन्न तथा असहाय कक्षा ५ सम्मका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बाराको जीतपुरसिमरा–१५ सुक्लैयास्थित मेहेरसागर आश्रम (पाठशाला) मा आयोजिक कार्यक्रममा बाल ज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो ।
कार्यक्रममा निजगढ नगरपालिकाकी उपमेयर लिलादेवी लामिछाने खनालको विशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा आश्रमका संस्थापक जर्नादन महाराज, सञ्चालक विदुषी उषा घिमिरे, संस्थाकी सल्लाहकार दुर्गा कोइरालाले मन्तव्य राखेका थिए ।
कार्यक्रममा विदुषी उषारति प्रियाको समुहले गितमार्फत स्वागत मन्तब्य राखेको थियो ।

कार्यक्रमपछि सामुहिक तस्वीर खिचाउँदै

कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य लक्ष्मी गौतम, जगतकुमारी अधिकारी, सरिता राई, वडा नं. ६ की सदस्य मिथिला घिमिरे, श्रीकृष्ण प्रणामी युवा परिषद नेपालका केन्द्रीय सदस्य दिपक सापकोटा, प्रदेश उपाध्यक्ष अर्जुन उप्रेती, जिल्ला सदस्य रिता भट्ट, सिमरा उपकेन्द्रका जीवन खतिवडाको उपस्थिति रहेको थियो ।
त्यसैगरि प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य महेश्वर अधिकारी, खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाकी कोषाध्यक्ष सम्झना कुमारी थापा, नेपाल महिला विकास संस्थाकी गायत्री लामिछाने, सावित्री अधिकारी, कुन्तीदेवी लामिछाने, गंगा धिताल, चम्पा परियार, सिता रिसाल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाकी अध्यक्ष इन्दिरा बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत जिरीमाया बल र संचालन अन्जु नेपालीको रहेको थियो ।

nijgadh-supermart-adz1200-630