skip this

निजगढमा ७ महिलासहित ७१ जनाले गरे रक्तदान

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको निजगढमा आज आईतवार खुला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रमको नेपाली काग्रेस निजगढ नगर सभापति नबराज तिमल्सिनाले रक्तदान गरेर उद्धघाटन गरे । उद्घाटन समारोहमा पत्रकार महेश्वर अधिकारी, व्यवसायी राजकुमार श्रेष्ठले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रममा ७ जना महिला सहित ७१ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक खड्गराज मैनालीले जानकारी दिएका छन् ।

कार्यक्रममा महिला रक्तदाता उषा लामा, करुणा तामाङ, पवित्रा सुनार, सर्मिला विक, शाेभा तिमल्सिना, पुनम कार्की, सम्झना खनालले रक्तदान गरेका थिए ।

त्यसैगरि सन्ताेष दंगाल, विकल्प भट्टराई, उमेश घलान, अमृतराज उप्रेती, अमृत लामा, गाेविन्द प्रसाद बजगाईलगायतले रक्तदान गरेका थिए ।

ब्लड बैंक वीरगन्जको प्राबिधिक सहयोगमा सम्पन्न कार्यक्रममा प्रदेश सभासद मिना लामा, पुर्व नगर प्रमुख सुरेश खनाल, काग्रेस नेता शम्भु बुढाथोकी, पुर्व नगरसभापति महेशी कुवर लगायतको सहभागिता रहेको थियो ।

रगतको आयोजना हुन नदिनको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको नेविसंघ निजगढका संयोजक नवराज चौलागाईंले बताए ।

nijgadh-supermart-adz1200-630