skip this

निजगढ नगरपालिकामा दीप प्रज्वलन गरेर समापन गरियाे १६ दिने अभियान

2.27K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-लैंगिक हिंसा विरुद्धकाे १६ दिने अभियानकाे निजगढमा समापन गरिएको छ ।

निजगढ नगरपालिकामा दीप प्रज्वलन गरेर याे वर्षको अभियान समापन गरिएकाे हाे ।

हस्ताक्षर संकलन कार्यक्रमबाट शुभारम्भ गरिएको अभियानकाे अन्तिम दिन दीप प्रज्वलन कार्यक्रम गरिएको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी संयाेजक राेजी श्रेष्ठले जानकारी दिईन् ।

नगरपालिका भवन परिसरमा निजगढ नगरपालिकाकि उपमेयर साेममाया थिङले शुभारम्भ गरेकाे दीप प्रज्वलन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजमणी निराैला, जनप्रतिनिधि, कर्मचारी र तेक्वान्दो खेलाडी,सञ्चारकर्मीकाे उपस्थिति रहेकाे थियाे ।

nijgadh-supermart-adz1200-630