डुमरवाना बहुमुखी क्याम्पसको सभा : दान रकम बुझाउन अपील, घट्दो विद्यार्थी संख्याको चिन्ता
दक्ष जनशक्तिमा मेयर पौडलको जोड
वि.सं.२०८० पुस १७ मंगलवार १०:३०

बारा–बाराको जीतपुरसिमरा–१५ हात्तिसारमा रहेको डुरवाना बहुमुखी क्याम्पसले सातौं क्याम्पस सभा सम्पन्न गरेको छ । सभाको बारा क्षेत्र नं. ३ की प्रतिनिधि सभा सदस्य एवं पूर्व मन्त्री ज्वाला साहले उद्घाटन गरेकी छिन् ।
उद्घाटन समारोहमा बारा क्षेत्र नं. ३ ‘क’ का मधेस प्रदेश सांसद रविन्द्रदास श्रेष्ठ, बारा क्षेत्र नं. ४ ‘क’ का देवनारायण चौधरी, जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोलाप्रसाद अधिकारी, १५ नम्बर वडाका अध्यक्ष रामप्रसाद लामिछाने, १६ का वडा अध्यक्ष हरिदेव खरेल, नेकपा (एमाले) पर्सा अध्यक्ष विश्वम्बर शर्मा, महिला नेतृ नारायणी रायमाझि, सञ्चारकर्मी विदुर खड्का लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्याम्पस अध्यक्ष अनिल मैनालीको अध्यक्षतामा भएका कार्यक्रमको संञ्चालन राजु अधिकारीले गरेका थिए भने कार्यक्रममा पलटप्रसाद चौधरी, रुपलाल चौधरी, राजकुमार अर्याल लगायतको उपस्थिति रहेको थियो ।
दान रकम बुझाउन अपील
कार्यक्रममा क्याम्पस प्रमुख राधेश्याम शिवाकोटीले क्याम्पसले सञ्चालन गरेको महायज्ञमा दान कबोल गरेका दाताहरुलाई कबोलित रकम बुझाएर सहयोग गरिदिन अनुरोध गरेका थिए । दाता स्तम्भको पहिलो चरण पुरा भएको जानकारी गराउँदै उनले दान चुक्ता गरेकाहरुको नामावली यो वर्ष दाता स्तम्भलाई पूर्णता दिने योजना रहेको जानकारी दिए ।
दक्ष जनशक्तिमा जोड
कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले दक्ष जनशक्ति अभाव रहेको बताए । उनले क्याम्पसहरुले दक्ष जनशक्ति उत्पादन गर्ने गरि योजना बनाउनु पर्ने जनाए । नगरभित्र त्यस्ता जनशक्ति नहुँदा बाहिरबाट ल्याउनु पर्ने बाध्यात्मक अवस्था रहेको सुनाए । बजारको आवश्यकता, माग र शिक्षाको पद्धतीका अन्तरविरोध रहेको बताए ।
त्यस्तै नेपाली काँग्रेसकी नेत्रृ नारायणी रायमाझीले कलेजमा विद्यार्थी संख्या न्यून भएकोप्रति चिन्ता व्यक्त गर्दै विद्यार्थी संख्या बृद्धिमा जोड दिन आग्रह गरिन् ।













वि.सं.२०८० पुस १७ मंगलवार १०:३०
















