जनता माध्यमिक विद्यालय तथा कृषि प्राविधिक शिक्षालय रजघट्टाले मनायाे वार्षिकोत्सब तथा अभिभावक दिवस
दातादेखि उत्कृष्ट शिक्षकलाइ सम्मान
वि.सं.२०८० पुस १८ बुधवार १२:५५

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका १४ रजघट्टास्थित जनता माध्यमिक विद्यालय तथा कृषि प्राविधिक शिक्षालयले मंगलबार ३८ औं विद्यालय वार्षिकोत्सव तथा ३९ औं अभिभावक दिवस मनाएको छ ।
विद्यालय प्राङ्गणमा भएको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको मधेश प्रदेश सभा सदस्य रबिन्द्र दास श्रेष्ठले उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य श्रेष्ठले विद्यालयकाे लागि आवश्यक सभाहल निर्माणको लागि बजेट बिनियोजन गर्ने घोषणा गरे । उनले रजघट्टा चाेक र मसान घाटमा टावर लाईट उपलब्ध गराउने बताए ।

कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले घृणाका अभिव्यक्तिहरु लाेकप्रिय हुने, भिड लाग्ने संस्कार बस्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले शैक्षिक क्षेत्र, बाैद्विक जमात, शिक्षकहरुलाई त्यसलाइ निरुत्साहित गर्न अग्रसर हुन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख भोला प्रसाद अधिकारी, विभिन्न संघ संस्थाका प्रतिनिधि, सञ्चारकर्मी विदुर खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा १५ नम्बर वडा अध्यक्ष रामप्रसाद लामिछाने, डुमरवाना बहुमुखी क्याम्पस प्रमुख राधेश्याम शिवाकोटी लगायतको उपस्थिति रहेकाे थियाे ।
सम्मान कार्यक्रम
बिद्यालयले आफ्नो बार्षिकोत्सवको अवसर पारेर विद्यालयमा हुने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम हुने छात्र छात्राहरुलाई पुरस्कृत गर्नुका साथै विभिन्न क्षेत्रमा रहेर विद्यलायलाई सहयोग गर्ने सहयोग गर्ने दाताहरु र उत्कृष्ट शिक्षकलाई सम्मान गरेको छ ।

२०८० वर्ष उत्कृष्ट शिक्षक तथा कर्मचारीको रुपमा बरूण गाैतम, भवानी थापा, सीता राउत, अनु सुवेदी र भवानी गाैतमलाई सम्मानित भएका हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष एवम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चयन गुरुङको सभाअध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक राजु अधिकारीले प्रगति प्रतिवेदन र बरुण गाैतमले सहजिकरण गरेका थिए ।



वि.सं.२०८० पुस १८ बुधवार १२:५५
















