१० कराेड ६५ लाख ९८ हजारमा लाग्याे जीतपुरसिमराकाे खाेलाकाे ठेक्का ! यी बाेलपत्र स्विकृत
वि.सं.२०८० पुस २६ बिहीवार ०८:५६

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिकाकाे तीन वटा खाेलाकाे ठेक्का लागेकाे छ ।
जीतपुरसिमरा उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय जीतपुर, बाराले आय ठेक्काको सिलबन्दी बोलपत्र स्वीकृत गर्ने आशयको सूचना बिहिवारकाे गाेरखापत्र दैनिकमा प्रकाशित गरेाे छ ।
यसअघि १६ मंसिरमा गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरेर आय ठेक्काको सिलबन्दी बोलपत्र आह्वान गरेकाे थियाे ।
सूचना बमोजिम म्यादभित्र दर्ता भएका बोलपत्र दातामध्ये मूल्याङ्कन समितिको निर्णय वमोजिम आय ठेक्काका लागि छनाैट भएको फर्महरूको सिलबन्दी बोलपत्र स्वीकृत गरेको सूचना प्रकाशित गरेकाे हाे ।
सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८४/१०) तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सार्वजनिक खरिद नियमावली, २०७६ को नियम ६३ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको हाे ।
कसले पाए ठेक्का
पसाहा खोलावाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) मा उल्लिखित परिमाणमा नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा घाटगद्दी गरी बिक्री गर्न सोमन सप्लायर्स, जीतपुरसिमरा उ.म.न.पा.-१८ बाराले ठेक्का पाएकाे छ ।
जसकाे ठेक्का मूल्य अभिबृद्वि करसहित ४ कराेड दुई हजारमा लागेकाे हाे ।
त्यसैगरि वालगङ्गा खोलावाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) मा उल्लिखित परिमाणमा नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा घाटगद्दी गरी बिक्री गर्न जय मातादी कन्स्ट्रक्सन, कलैया उ.म.न.पा.-१. बारा ठेक्का पाएकाे छ ।
जसकाे ठेक्का मूल्य अभिबृद्वि करसहित ४ कराेड १६ लाख ९६ हजार ९ सय ९८ रुपैयाँ ८७ पैसामा लागेकाे हाे ।
त्यसैगरि दुधौरा खोलाचाट स्वीकृत प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (IEE) मा उल्लिखित परिमाणमा नदीजन्य पदार्थ उत्खनन सङ्कलन तथा घाटगद्दी गरी बिक्री गर्न सन्देश सप्लायर्स, जीतपुरसिमरा उ.म.न.पा.-२. बाराले ठेक्का पाएकाे छ ।
जसकाे ठेक्का मूल्य अभिबृद्वि करसहित दुइ कराेड ४९ लाखमा लागेकाे हाे ।


वि.सं.२०८० पुस २६ बिहीवार ०८:५६


















