skip this

बक्यौता संकलनमा जीतपुरसिमराको ‘रेकर्ड ब्रेक’ ! सम्पत्ति कर संकलनमा ‘ब्रेक थ्रु’

सम्पति करको दायरामा आए उद्योग

1.9K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाँकी बक्यौता संकलनमा जीतपुरसिमरामा इतिहासकै रेकर्ड ब्रेक भएको छ ।

चालू आर्थिक वर्ष २०८०÷८१ को पौष मसान्तको एकै दिन बाँकी बक्यौता संकलन अङ्कले रेकर्ड तोडेको हो ।

उपमहानगरमा पौष २९ मा तीन करोड बाँकी बक्यौता संकलन भएको छ । यो बाँकी बक्यौता संकलन हालसम्मकै उच्च हो ।

उपमहानगरको आन्तरिक स्रोतलाई बलियो बनाउन चलाईएको राजश्व संकलन अभियान प्रभावकारी देखिएको मेयर राजन पौडेलले बताए ।

बाँकी बक्यौता संकलन बारे उपमहानगरले नगरवासीलाइ सूचित गर्ने र पौष मसान्तसम्म बुझाउनेलाइ जरिवाना छुटसहितको योजना अघि सारेको थियो ।

सम्पति करको दायरामा आए उद्योग

जनप्रतिनिधिको अघिल्लो कार्यकालदेखि नै चर्चामा रहेको सम्पत्ति कर कार्यान्वयनमा ब्रेक थ्रु भएको छ ।

पहिलो पटक उद्योगबाट सम्पत्ति कर संकलन भएको छ । योसँगै उद्योग सम्पति करको दायरामा आएको छ ।

आन्तरिक स्रोतको मुख्य माध्यम बन्न सक्ने उद्योगको सम्पत्ति कर कार्यान्वयनमा आएसँगै आन्तरिक आय समेत बढ्ने भएको छ ।

‘सकारात्मक वातावरण बनाउन उद्योगी, व्यवसायिसँगको निरन्तर छलफल र अन्तकृया गरिएको थियो,’ मेयर पौडेलले भने–उहाँहरु सम्पत्ति कर तिर्न तयार भएर आउनु भएको छ । यसले हाम्रो आन्तरिक आयमा बढोत्तरी ल्याउने छ ।’

मेयर राजन पौडेल

सम्पत्ति कर तिर्नेमा जगदम्बा स्टिल पहिलो नम्बरमा देखिएको छ । जगदम्बाले जीतपुरसिमरामा एक करोड ८३ लाख बढी राजश्व बुझाएको छ ।

सो करिडोरका ठुला औंद्योगिक प्रतिष्ठान सालिमार ग्रप, अशोक वैद्यको समुह लगायतले समेत कर बुझाएका छन् ।

कुन कर कति ?

व्यवसाय कर ७५ हजार ५ सय ४० रुपैँया, अन्य सेवा शुल्क पाँच लाख ५० हजार, जग्गा तथा घर बहाल कर ५६ लाख ३७ रुपैँया ५४ पैसा, नक्सापास दस्तुर एक हजार, व्यवसाय कर ३० हजार ८ सय, बहाल बिटौरी शुल्क ३७ हजार ८ सय ७४ रुपैँया ५० पैसा, सम्पत्ति कर ३ करो ९९ हजार ९ सय ८ रुपैँया ७७ पैसा, सिफारिस दस्तुर एक हजार ९ सय रुपैँया राजश्व संकलन भएको हो ।

चालु आर्थिक वर्षमा कति उठ्यो ?

जीतपुरसिमरा उपमहानगरले आर्थिक वर्ष २०८०/८१ को पौष मसान्त सम्म १० करोड ७८ लाख बढी राजश्व संकलन गरेको छ ।

उपमहानगरको पौष मसान्तसम्मको तथ्यांकमा १० करोड ७८ लाख ५६ हजार ६१ रुपैँया राजश्व मध्ये सवैभन्दा बढी सम्पत्ती कर संकलन भएको छ । आ.व.को पौष मसान्तसम्म मात्रै नगरले ४ करोड बढी राजश्व संकलन गरेको हो ।

त्यसैगरी मसान्तसम्मको तथ्यांकमा उपमहानगरमा करिव ६८ लाख भुमी तथा मालपोत कर संकलन भएको छ भने नक्सा पास दस्तुर २६ लाख भन्दा बढी संकलन गरेको छ ।

यता नगरको स्वामित्वमा रहेको व्यवसायीक सटरमा उठ्न बाँकी रहेको बहाल करमा समेत उलेख्य वृद्धी भएको छ । मसान्तसम्म जग्गा तथा घरबहाल करमा ४२ लाख ७० हजार राजश्व संकलन भएको छ । उपमहानगरमा नदिजन्य वस्तु बिक्रीको कर उठ्न बाँकी छ ।

यो आर्थिक वर्षमा करिव १५ करोडको आन्तरिक आयको लक्ष्य राखेको उपमहानगरले पौष मसान्तभित्रै करिव एघार करोड राजश्व संकलन गर्न सफल भएसंगै लक्ष्यभन्दा बढी राजश्व संकलन हुने उपमहानगरको अनुमान छ ।

nijgadh-supermart-adz1200-630