मजदुर दिवसको अवसरमा जीतपुरसिमराका मेयर राजन पाैडेलद्वारा शुभकामना व्यक्त
वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

बारा-१३५ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले शुभकामना व्यक्त गरेका छन् ।
मेयर पाैडेलले जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी तथा कामदार वर्गहरुलाई हार्दिक शुभकामना व्यक्त गरेका हुन् ।
सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाईन्छ ।
दिवसकाे अवसरमा प्रकाशित शुभकामना सन्देशमा मजदुर दिवसका अवसरमा ज्याला तथा कामको सिलसिलामा निधन हुनु भएका सम्पूर्ण मजदुर एवं नागरिकप्रति हार्दिक श्रद्धञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गरेका छन् ।
यस्तो छ शुभकामना सन्देश :
मजदुर दिवसको शुभकामना !!!
सम्पूर्ण मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकारको स्मरण गराउने गौरवशाली दिनको रूपमा हरेक वर्ष मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय मजदुर दिवसको रूपमा मनाईन्छ । १३५ औं अन्तराष्ट्रिय मजदुर दिवसको अवसरमा म जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनुभएका सम्पूर्ण श्रमजीवी तथा कामदार वर्गहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यस मजदुर दिवसका अवसरमा ज्याला तथा कामको सिलसिलामा निधन हुनु भएका सम्पूर्ण मजदुर एवं नागरिकप्रति हार्दिक श्रद्धञ्जली तथा शोकाकुल परिवार र आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।
आफ्नो पसिना बगाएर, श्रम गरेर मिहिनेतको कमाइ खाने सम्पूर्ण औपचारिक र अनौपचारिक क्षेत्रका श्रमजीविहरुलाई यस दिवसले आफ्नो हक, अधिकार र स्वतन्त्रतालाई सामूहिक रुपमा बुलन्द गरी विश्वभरीका श्रमजीविहरुलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने, मजदुरहरुको निमित्त संविधानले सुनिश्चित हक, हित र अधिकार स्थापित गर्न योगदान गर्ने विश्वास विश्वास मैले लिएको छु । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा, जीतपुरसिमरा उपमहानगरपालिकालाई समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको कदर स्वरुप संवैधानिक प्रावधानले मूर्त रुप लिदै जाने, अनौपचारिक क्षेत्रका श्रमिकहरु समेत सामाजिक सुरक्षा कोषमा आबद्ध हुने र समग्र श्रमिक वर्ग लाभान्वित हुने अपेक्षा गर्दछु ।
नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ जसमा श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हित रक्षाको निमित्त ट्रेड युनियन खोल्ने, सामाजिक सुरक्षा कोषमा आवद्ध हुने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । संवैधानिक प्रावधानलाई व्यवहारमा कार्यान्वयन गर्न जीतपुरसिमरा उपमहानगरपालिकाले अनौपचारिक क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने कार्य क्रमशः कार्यान्वयन गरिरहेको छ साथै अवको अर्को आ.व.को नीति तथा कार्यक्रम मार्फत अन्य कार्ययोजनाहरु निर्माण गरी स्फूर्त रुपमा उपमहानगरपालिका लाग्ने कुरामा सुनिश्चितत हुन समेत सम्पूर्ण मजदुर वर्गमा आग्रह गर्दछु ।
अन्तमा, नेपाली श्रमिक र तिनका प्रतिनिधि ट्रेड युनियनहरु औपचारिक र अनौपचारिक दूवै प्रकृतिका श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामूखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दै पुनः अन्तराष्ट्रिय मे दिवसको यस सुखद् अवसरमा सम्पूर्ण मजदुर तथा श्रमजिवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना सहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२०८१ साल वैशाख १९ गते, बुधबार ।
ने.सं. ११४४ चौलागा, ८ बुधबार ।
वि.सं.२०८१ वैशाख १९ बुधवार ०७:२०

















