skip this

गणतन्त्र दिवसकाे अवसरमा जीतपुरसिमराका मेयर राजन पौडेलको शुभकामना !

1.81K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–आज १७ औं गणतन्त्र दिवस । प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आईएकाे छ ।

गणतन्त्र दिवसको अवसरमा तीनै सरकारका प्रमुख तथा पार्टी प्रमुख, संघसंस्थाका प्रमुखहरुले शुभकामना सन्देश प्रकाशित गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले शुभकामना सन्देश प्रकाशित गर्दै जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु, एकता एवं भातृत्वका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ-लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ १९ दिने जनयुद्ध एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने जीतपुरसिमरवासी तथा सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अपाङ्ग हुनुभएकाहरु र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता¸ नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराईसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गणतन्त्रात्मक शासन व्यवस्थाले हाम्रो सामाजिक व्यवस्था क्रमिक रूपमा विकास भइरहेको छ ।

नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा‚ स्वास्थ्य‚ खाद्य सुरक्षा, खानेपानी‚ सरसफाई‚ वातावरण संरक्षण लगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै समाजवाद उन्मुख विकास निर्माण गर्न उपमहानगरपालिकाको प्रमुखको हैसियतले आफू स्वयम् सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै यस महान् दिवसले सम्पूर्ण जीतपुरसिमरावासी एवं नेपालीहरुलाई यस अभियानमा उपमहानगरपालिकासंग सहकार्य गर्न उत्साह प्रदान गर्ने विश्‍वास लिएको छु, सन्देशमा उल्लेख छ ।

शुभकामना सन्देश :

गणतन्त्र दिवस, २०८१ को शुभकामना !
१७ औं गणतन्त्र दिवसको अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, दीर्घायु, एकता एवं भातृत्वका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ १९ दिने जनयुद्ध एवं विभिन्न संघर्षहरुमा प्राण उत्सर्ग गर्ने जीतपुरसिमरवासी तथा सम्पूर्ण महान् सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइते तथा अपाङ्ग हुनुभएकाहरु र बेपत्ता योद्धाहरुप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसको रूपमा मनाउँदै आएका छौं । गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनहरूलाई नेतृत्व प्रदान गर्ने राजनीतिक दलका अग्रज नेताहरूप्रति सम्मान व्यक्त गर्दै आन्दोलनमा सहभागी राजनीतिक कार्यकर्ता¸ नागरिक समाजका अगुवाहरू एवं आम जनसमुदायको योगदानको उच्च प्रशंसा गर्दछु ।
लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई समाजको गहिराईसम्म संस्थागत गर्ने हाम्रो संविधानले परिकल्पना गरेबमोजिम गणतन्त्रात्मक शासन व्यवस्थाले हाम्रो सामाजिक व्यवस्था क्रमिक रूपमा विकास भइरहेको छ । नेपालको संविधानले मौलिक हकका रूपमा व्यवस्था गरेका शिक्षा‚ स्वास्थ्य‚ खाद्य सुरक्षा, खानेपानी‚ सरसफाई‚ वातावरण संरक्षण लगायतका आधारभूत अधिकारलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै समाजवाद उन्मुख विकास निर्माण गर्न उपमहानगरपालिकाको प्रमुखको हैसियतले आफू स्वयम् सधैं तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्दै यस महान् दिवसले सम्पूर्ण जीतपुरसिमरावासी एवं नेपालीहरुलाई यस अभियानमा उपमहानगरपालिकासंग सहकार्य गर्न उत्साह प्रदान गर्ने विश्‍वास लिएको छु ।
अन्तमा, आजको यस ऐतिहासिक दिवसले मुलुकको भौगोलिक अखण्डता‚ सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सहिदका अधुरा सपनाहरु, जनताका असीमित आकांक्षाहरु पूरा गर्न र सामाजिक न्याय सहितको दिगो विकास हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गर्ने अपेक्षा सहित गणतन्त्र दिवस,२०८१ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मितिः २०८१/०२/१५
ने.सं. ११४४ वछलागा ५, मंगलवार ।

nijgadh-supermart-adz1200-630