skip this farak Kura Pravakar

प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल : ६ नम्बर वडालाई पराजित गर्दैै वडा नं. ८ विजयी

1.36K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– प्रथम विकल रेग्मी स्मृति जुनियर कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार भएको दोस्रोे खेलमा ६ नम्बर वडालाई पराजित गर्दैै वडा नं. ८ विजयी भएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेकोमा दोस्रो हाफमा सुजन माझीले प्रहार गरेको एक मात्र गोल वडा नं. ८ विजयी हुन निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ द म्याच’ विजेता टिमका प्रशिस तिमल्सिना घोषित भएका छन् ।

उनलाई वडा नम्बर ८ का अध्यक्ष स्वर्ण लामा, ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना, ८ नं. वडाका सदस्य शालिकराम ढुंगाना, स्व.विकलकी आमा कमला रेग्मीले ट्रफी र नगद १ हजार रुपैयाँ प्रदान गरे ।

यसैविच प्रतियोगिता अन्तर्गत विहीबार दुई वटा खेल हुनेछ । पहिलो खेल वडा नं. १ र १३ विच हुनेछ भने दोस्रो खेल वडा नं. २ र ७ विच हुनेछ ।

निजगढ नगर खेलकुद विकास समितिको आयोजनामा निजगढ ९ स्थित शहीद हिरालाल रंगशालामा जारी प्रतियोगिताको व्यवस्थापन निजगढ फुटबल क्लबले गरिरहेको छ ।

nijgadh-supermart-adz1200-630