skip this farak Kura Pravakar

सिँचाइ स्पायल तथा डीप ट्युबवेल जडान गर्न करैयामाईमा ११० जना किसान छनाैंट

927 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा- बाराकाे करैयामाई गाउँपालिकाले चालू आर्थिक वर्षमा एक सय १० जना किसानलाई सिँचाइ स्पायल/डीप ट्युबवेल जडान गर्न सहयोग गर्ने भएको छ ।

याे कार्यक्रमअन्तर्गत किसानहरूले आवश्यक पर्ने सामग्री प्राप्त गर्न सक्ने किसानकाे सूची गाउँपालिकाले सार्वजनिक गरेकाे छ ।

सार्वजनिक गरेको सूचनामा कार्यक्रम स्वीकृत कार्ययोजना अनुसार मिति २०८१/०१/१९ गते प्रकाशित विवरण अनुसार HDPE पाइप ४”, G.I. वेल हेड बोटल, C.I. एन्ड क्याप ४”, नायलन नेट, C.I. एन्ड क्याप १.५” लगायतका सामग्री वितरण गरिने उल्लेख छ।

यसका लागि किसानहरूले यसअघि फारम भरेका र छनोटमा परेका लाभग्राहीहरूले सम्बन्धित वडा कार्यालयबाट जानकारी प्राप्त गरी कृषि शाखामा सम्पर्क गर्न सूचित गरिएको छ।

सामग्री वितरण मिति २०८१/०२/१६ गतेबाट सुरु भइसकेको र असार १० गतेसम्म वितरण गरिने जनाइएको छ ।

nijgadh-supermart-adz1200-630