skip this

निजगढ नेपालको विकासको ‘गेटवे’ बन्न सक्छ : युवा नेता रमेश दंगाल

1.83K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाली कांग्रेसका युवा नेता तथा प्रदेश सभा निर्वाचनका प्रत्यासी रमेश दंगालले निजगढको विकासलाई केवल एक निर्माण कार्यका रूपमा होइन, नेपालको भौगोलिक, आर्थिक र पूर्वाधार विकासको ‘गेटवे’का रूपमा अघि बढाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमार्फत विचार व्यक्त गर्दै उनले भने, “निजगढको विकास केवल एक निर्माण होइन, यो नेपालको भौगोलिक, आर्थिक र पूर्वाधार विकासको ‘गेटवे’ बन्न सक्छ। तर, यसको लागि दीर्घकालीन सोच, राजनीतिक प्रतिबद्धता, सार्वजनिक–निजी सहकार्य र सन्तुलित नीति अनिवार्य हुन्छ ।”

दंगालले स्थानीय हित, दिगोपन र समावेशितालाई प्राथमिकतामा राखेर परियोजनाहरू अघि बढाइए मात्र निजगढलाई साँच्चिकै समृद्ध, हरित र सभ्य नगरका रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

nijgadh-supermart-adz1200-630