skip this farak Kura Pravakar

चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा सापकोटा विजयी, सदस्य रेखा कुमारी गुप्ताको राजीनामा

1.45K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-चन्द्रपुर नगर उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा उदयनारायण सापकोटा विजयी भएका छन्।

आज सम्पन्न निर्वाचनमा सापकोटाले ५०२ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी सुनिल कुमार साहले २६९ मत ल्याए भने ३१ मत बदर भएको थियो। सापकोटाले २३३ मतान्तरले विजय हासिल गरेका हुन्।

यसैबीच, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको संयुक्त समर्थनमा उम्मेदवार बनेका साह पराजित भएपछि सोही प्यानलबाट निर्विरोध सदस्यमा निर्वाचित रेखा कुमारी गुप्ताले पदबाट राजीनामा दिएकी छन्।

“जुन अध्यक्षको प्यानलबाट म उम्मेदवार भएकी थिएँ, उहाँ नै अध्यक्ष पदमा पराजित हुनुभएपछि सदस्य पदमा बस्नु नैतिकताले दिएन। त्यसैले मैले राजीनामा दिने निर्णय गरेको हुँ,” गुप्ताले विज्ञप्ति मार्फत उल्लेख गरेकी छन्।

उनी माओवादी केन्द्रको सिफारिसमा सदस्यमा निर्विरोध निर्वाचित भएकी थिइन्। गुप्ताले माओवादी केन्द्रका नेताहरूसहित आफूलाई विश्वास गरेर सर्वसम्मत सदस्य बनाउने सम्पूर्ण व्यापारी साथीहरूप्रति आभार प्रकट गरेकी छन्। साथै, अध्यक्षमा विजयी उदयनारायण सापकोटा र नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्।

nijgadh-supermart-adz1200-630