सिम्रौनगढमा नाम, ठेगाना नखुलेकी बालिका फेला
वि.सं.२०८२ साउन २२ बिहीवार १६:४९
930
shares

बारा—अन्जाजी एक वर्षिया एक बालिका सिम्रौनगढमा फेला परेकी छन् ।
आज दिउँसो करिब ३:४० बजे स्थानियवासीले बालिकालाई फेला पारेर इलाका प्रहरी कार्यालय सिम्रौनगढ, बारामा बुझाएका हुन् ।
बालिकाले आफ्नो नाम, वतन बताउन नसकेको प्रहरीले जनाएको छ । हाल उनी प्रहरीको संरक्षणमा रहेकी छन् ।
प्रहरीले बालिकालाई चिन्न सक्ने वा उनीसँग सम्बन्धित आफन्त भएकाले यथाशीघ्र इलाका प्रहरी कार्यालय सिम्रौनगढमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सम्पर्क नम्बर: ९८५५०९०६७५
वि.सं.२०८२ साउन २२ बिहीवार १६:४९

















