skip this farak Kura Pravakar

धन प्रसाद बजगाई श्री नेपाल राष्ट्रिय मावि औराहाको सहायक प्रधानाध्यापकमा नियुक्त

1.3K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिका-४ औराहास्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कार्यरत शिक्षक धन प्रसाद बजगाई विद्यालयको सहायक प्रधानाध्यापक पदमा नियुक्त भएका छन् ।

विद्यालय व्यवस्थापन समितिको आज साउन २२ गते बसेको बैठकले उक्त निर्णय गर्दै बजगाईलाई जिम्मेवारी प्रदान गरेको हो ।

फरक क्षमताका बजगाई शिक्षा क्षेत्रको समर्पित रचनात्मक गतिविधिसहित शिक्षण पेशामा पहिचान बनाउन सफल छन् ।

विद्यालयकाे सूचना अधिकारीकाे समेत जिम्मेवारी सम्हाल्दै आएका बजगाईको नियुक्तिप्रति विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूद्वारा हार्दिक बधाई र शुभकामना व्यक्त गरिएको छ ।

बाराकाे निजगढ-६ का बजगाई नेपाल अपांग संघ बाराका अध्यक्ष समेत हुन् ।

उनको अनुभव, नेतृत्व क्षमता र दूरदृष्टिले विद्यालयको शैक्षिक गुणस्तर थप उकासिने अपेक्षा गरिएको छ।

nijgadh-supermart-adz1200-630