skip this farak Kura Pravakar

देवताल गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष मिश्रीलाल सहनीको निधन

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-देवताल गाउँपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका गाउँकमिटीका पूर्व सचिव मिश्रीलाल सहनीको बुधबार असामयिक निधन भएको छ ।

सरल र मिलनसार व्यक्तित्वका धनी सहनीको निधनले पार्टीसहित स्थानीय समाजमा अपूरणीय क्षति पुगेको जनाइएको छ। उनका शुभचिन्तक, सहकर्मी र पार्टीका नेता–कार्यकर्ताहरूले शोक व्यक्त गर्दै स्व. सहनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जिल्ला कार्य समिति बाराले एक शोक विज्ञप्ति जारी गर्दै स्व. सहनीप्रति गहिरो सम्मान व्यक्त गरेको छ। जिल्ला अध्यक्ष नवलकिशाेर सिंहद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ- “यस दुखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ” ।

सहनीको निधनले लोसपा नेपाल बारामा अपूर्णिय क्षति भएको तथा बारा जिल्लाले एक कर्मठ जुझारू नेता गुमाएको अध्यक्ष सिंहले उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630