skip this farak Kura Pravakar

मुख्यमन्त्री बानियाँको फरक निर्णय : “मुख्यमन्त्रीको सेवा सुविधा लिन्नँ”

1.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफूले पदका साथ आउने सेवा सुविधा नलिने स्पष्ट घोषणा गरेका छन्।

नेपाल किसान महासंघ बागमती प्रदेशको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले भने, “अर्को कुरा, म आफैँले पाउने सेवा सुविधा, मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा म लिन्नँ।”

बानियाँको यो भनाइ नेपाली राजनीति र शासन प्रणालीमा दुर्लभ रूपमा लिइएको निर्णय हो। सामान्यतः प्रदेश प्रमुखहरूलाई सुविधा अन्तर्गत सरकारी गाडी, आवास, सुरक्षाकर्मी, मासिक भत्ता, उपचार, भ्रमण खर्चजस्ता सुविधा दिइन्छ। तर मुख्यमन्त्री बानियाँले यस्ता कुनै सुविधा नलिने अडान सार्वजनिक रूपमा घोषणा गरेका हुन्।

उनले स्पष्ट पारे, “पदको लागि वा फोटो टाँस्नका लागि म मुख्यमन्त्री बनेको होइन। पारदर्शी, उत्तरदायी र जनताप्रति प्रतिबद्ध भएर काम गर्न आएको हुँ।”

मुख्यमन्त्री बनेपछि बानियाँको पहिलो निर्णय नै समाजका पछाडि पारिएका वर्गहरूका छोराछोरीका लागि चिकित्साशिक्षा अध्ययनमा छात्रवृत्ति दिने रहेको छ।

उनका अनुसार चेपाङ, जिरेल, भोटे, बनकरिया, दलित, सिमान्तकृत, गरिब वर्गका ६ जना विद्यार्थीलाई मेडिकल, आयुर्वेद तथा पशु चिकित्साशास्त्र पढाउने निर्णय गरिएको छ।

त्यस्तै, १० जना विपन्न परिवारका छोरीहरूलाई नर्सिङ अध्ययनका लागि छात्रवृत्तिमा पढाइने छ।

मुख्यमन्त्री बानियाँको सेवा सुविधा अस्वीकार गर्ने निर्णयले राजनीतिक मूल्य, नैतिकता र सेवा भावको उदाहरण प्रस्तुत गरेको भन्दै सामाजिक सञ्जालमा प्रशंसा भईरहेको छ।

nijgadh-supermart-adz1200-630