निजगढमा आज थारू राष्ट्रिय मुक्ती मोर्चाको प्रथम नगर सम्मेलन हुने
वि.सं.२०८२ भदौ १३ शुक्रवार ११:३४
915
shares

बारा-थारू समुदायको हक अधिकार र पहिचानका सवाललाई उठाउँदै थारू राष्ट्रिय मुक्ती मोर्चा, नेपालले निजगढमा पहिलो नगर सम्मेलन गर्ने भएको छ।
आयोजक समितिका अनुसार सम्मेलन आगामी २०८२ भाद्र १३ गते शुक्रबार दिउँसो ठीक १२ बजे निजगढ नगरपालिका–८ स्थित तारा इन होटलमा आयोजना हुने छ।
“सम्पूर्ण उत्पीडित थारुहरु एक होऔं, मार्क्सवाद–लेनिनवाद–माओवाद जिन्दावाद” भन्ने नाराका साथ हुने कार्यक्रममा थारू समुदायका विभिन्न नेता, सामाजिक अभियन्ता र स्थानीय स्तरका कार्यकर्ताहरूको सहभागिता रहनेछ।
कार्यक्रमको आयोजना थारू राष्ट्रिय मुक्ती मोर्चा, नेपाल निजगढ नगर कमिटी, बाराले गरेको हो।
वि.सं.२०८२ भदौ १३ शुक्रवार ११:३४
















