चाइल्ड रेस्क्यु नेपालको सहयोग र साथी नेपालको आयोजनामा सिमरामा अपाङ्गमैत्री विद्यालय भवन हस्तान्तरण
वि.सं.२०८२ भदौ १६ सोमवार २०:१०

बारा-चाइल्ड रेस्क्यु नेपालको सहयोग र श्री साथी नेपालको आयोजनामा सिमरामा अपाङ्गमैत्री विद्यालय भवन निर्माण सम्पन्न गरी समुद्घाटन गरिएको छ ।

ललितपुरस्थित श्री रेस्क्यु नेपालको सहयोग र काठमाडौंको श्री साथी नेपालको समन्वयमा निर्माण सम्पन्न गरिएको विद्यालय भवन नेपाल अपाङ्ग सेवा संघ बारा तथा श्री ने.रा.मा.वि. सिमराको संयुक्त आयोजनामा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
समारोहका प्रमुख अतिथि पूर्व मन्त्री पुरुषोत्तम पौडेल रहेका थिए। कार्यक्रममा मधेस प्रदेश सभा पूर्व सदस्य शोभा लामा, जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेल, उपमेयर भोलाप्रसाद अधिकारी, चाईल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्की, जीतपुरसिमरा वडा नम्बर १४ की वडा अध्यक्ष चयन गुरूङ, विद्यालयका प्रधानाध्यापक शंकर आचार्य, नेपाल अपाङ सेवा संघ बारा अध्यक्ष गंगाप्रसाद वाग्ले विभिन्न सामाजिक संघसंस्था, विद्यार्थी, अभिभावक र स्थानीय सरोकारवालाको उल्लेखनीय उपस्थिति थियो।

नव–निर्मित विद्यालय भवन हस्तान्तरणसँगै विद्यार्थीहरूले सुरक्षित, सहज र गुणस्तरीय शैक्षिक वातावरणमा अध्ययन गर्ने अवसर पाउने अपेक्षा गरिएको साथी नेपालका अध्यक्ष सरिता सापकोटाले जानकारी दिईन् ।

कार्यक्रममा चाईल्ड रेस्क्यु नेपालका कन्ट्री डाइरेक्टर भास्कर कार्की र साथी नेपालका अध्यक्ष सरिता सापकोटालाई सम्मान गरिएको थियो ।
वि.सं.२०८२ भदौ १६ सोमवार २०:१०

















