याेगदान राष्ट्रकाे लागिकाे पाँचौ वार्षिक साधारणसभाकाे तयारी पूरा
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५

काठमाडौं-प्राथमिक उपचार हाम्रो सराेकार भन्ने मुल उदेश्यले सञ्चालित याेगदान राष्ट्रकाे लागिकाे पाँचौ वार्षिक साधारणसभाकाे तयारी पूरा भएको छ ।
काठमाडौंस्थित ए वान पार्टी प्यालेस चाबहिलमा हुने साधारणसभाकाे सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय अध्यक्ष ओम उप्रेतीले जानकारी दिएका छन् ।
साधारणसभाकाे अवसरमा सिपीआर तथा प्राथमिक उपचार सम्बन्धि दुई दिने तालिम सञ्चालन गरिएको छ ।
ओम समाज डेन्टल हस्पिटलकाे शभा हलमा भएको तालिममा देशभरका प्रतिनिधि सहभागी थिए । शुक्रबार सुरु भएकाे तालिममा सहभागीलाई केन्द्रीय अध्यक्ष एवम् अन्तर्राष्ट्रिय प्रशिक्षक उप्रेतीले प्रशिक्षण दिईरहेकाे छन् ।
दाेस्राे दिन शनिबार विहान सुरु हुने र तालिम समापनपछि प्रभातफेरीसहित कार्यक्रम साधारणसभा स्थलमा पुग्ने तालिका रहेकाे छ ।

साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेर समापन हुनेछ ।
वि.सं.२०८२ कात्तिक २८ शुक्रवार १९:२५
















