skip this

निजगढमा निःशुल्क भिडियो एक्स–रे र गर्भवती स्वास्थ्य जाँच सेवा सञ्चालन

1.73K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-“आमा र बच्चाको स्वास्थ्य सुरक्षा, हामी सबैको प्रतिबद्धता” भन्ने नारासहित निजगढ नगरपालिकाले आमा र बच्चाको स्वास्थ्य सुदृढीकरणका लागि आउटरिच रग सेवा सञ्चालन गरेको छ।

सो सेवा अन्तर्गत निःशुल्क भिडियो एक्स–रे तथा गर्भवती स्वास्थ्य जाँच सेवा प्रदान गरिएको हो ।

निजगढ नगरपालिका वडा नं. १, २ र ३ का स्थानीयवासीका लागि उक्त कार्यक्रम भरतगञ्ज स्वास्थ्य चौकी, निजगढ नगरपालिका–२, बारामा सञ्चालन गरिएको थियो ।

कार्यक्रमको आयोजना निजगढ नगरपालिका स्वास्थ्य शाखा मार्फत रतनपुर स्वास्थ्य चौकी, निजगढ न.पा.–११, बाराले गरेको हो ।

नगरपालिकाकी उप–प्रमुख सोममाया थिङले यो कार्यक्रम नगरवासीको स्वास्थ्य प्रवर्द्धनका लागि गरिएको सानो तर अर्थपूर्ण प्रयास भएको बताइन् । उनले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षामा नगरपालिका निरन्तर प्रतिबद्ध रहने उल्लेख गरिन् ।

उक्त कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख रमेश लामा, मणीश्वर घिमिरे, रतनपुर स्वास्थ्य चौकीका प्रमुख दिनेश परियार लगायत स्थानीय प्रतिनिधि र स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

नगरपालिकाले “हाम्रो नगर हाम्रो शान, स्मार्ट सिटी निर्माण हाम्रो अभियान” भन्ने नारालाई मूर्त रूप दिन जनस्वास्थ्यका यस्ता सेवामुखी कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

nijgadh-supermart-adz1200-630