skip this farak Kura Pravakar

जीतपुरसिमरामा नगरस्तरीय अन्तर स्कुल क्रिकेट प्रतियोगिता मंसिर १७ देखि २२ सम्म हुने

१६ विद्यालयको सहभागिता रहने

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा आगामी मंसिर १७ गतेदेखि २२ गतेसम्म नगरस्तरीय अन्तरस्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ ।

जनकल्याण स्कुल र नयाँबस्ती युवा क्लबको सहकार्यमा सञ्चालन हुन लागेको प्रतियोगितामा १६ वटा विद्यालयले सहभागिता जनाउने जानकारी प्रेस मिटमार्फत सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा माध्यमिक तहका १२ वटा र आधारभूत तहका ४ वटा रहेका छन् ।

एक लाख ५० हजार बजेट विनियोजन गरिएको प्रतियोगिता वडा नं. १५, भवानीपुरस्थित नयाँबस्ती खेलमैदानमा सञ्चालन हुनेछ ।

खेलकुदमार्फत विद्यार्थीहरूको प्रतिभा अभिवृद्धि, स्वस्थ प्रतिस्पर्धा र खेलप्रतिको रुचि बढाउने उद्देश्यका साथ आयोजना गरिएको यो प्रतियोगिताले नगरस्तरमा खेलकुद विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आयोजक पक्षले प्रतियोगिताका लागि आवश्यक सबै तयारी पूरा भएको र स्थानीय तह, विद्यालय तथा खेल क्षेत्रमा सक्रिय सबै पक्षको सहयोग रहने विश्वास व्यक्त गरेका छन् ।

पत्रकार सम्मेलनमा जनता माध्यमिक विद्यालयका प्रधानाध्याक राजु अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

जनकल्याण आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण केशीको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन जनकल्याणका प्रधानाध्यक गोकुल कुँवर र स्वागत शिक्षिका उमा भट्टराईले गरेकी थिईन् ।
कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्याक तथा प्रतिनिधि एवं विभिन्न क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

nijgadh-supermart-adz1200-630