skip this

म निर्विरोध भएको छैन, चुनावमा भाग लिएको छु : ज्वाला साह

हाल बधाइ–शुभकामना नहाल्न आग्रह

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा -निर्वाचन प्रक्रियामा सहभागी ज्वाला कुमारी साहले आफ्नो निर्वाचन निर्विरोध नभएकाले हाललाई बधाइ तथा शुभकामना सन्देशहरू नहाल्न सबैमा विनम्र आग्रह गरेकी छन् ।

साहले एक सूचना जारी गर्दै आफू चुनावी प्रक्रियामै रहेको र अन्तिम नतिजा आउनुअघि बधाइ–शुभकामना व्यक्त नगर्न अनुरोध गरेकी हुन् । उनले निर्वाचनमा औपचारिक रूपमा सहभागी भएको जानकारीसमेत गराएकी छन् । ‘चुनावमा भाग लिएको छु, म निर्विरोध भएको छैन,’ उनले फेसबुकमा स्टाटस् लेख्दै भनिन्– अहिले नै बधाइ शुभकामना नहाल्न साथिहरूलाई जानकारी गराउन चाहन्छु ।

उनी निर्विरोध निर्वाचित भईसकेको भन्दै सामाजिक सञ्जालमा बधाई आईरहेको छ । यस विषयमा फरक नेपालले बाराकी ज्वाला साह अझैं प्रतिस्पर्धी, निर्विरोध ‘हल्ला’ मात्रै ! शिर्षकमा समाचार प्रकाशित गरेपछि उनको स्टाटस् आएको हो ।

पूर्वमन्त्री एवं पोलिटव्यूरो सदस्य ज्वाला साहको केन्द्रिय सदस्य समावेशी (मधेसी) महिला पदमा उम्मेदवारी परेको छ । ६ जना निर्वाचित हुने यो पदमा ७ जनाको उम्मेदवारी परेको छ ।

यी हुन् उम्मेदवार

केन्द्रिय सदस्य समावेशी (मधेसी) महिला पदमा ज्वाला साहसहित जुलीकुमारी महतो, प्रतिक्षा तिवारी, राम रती देवी राम, रेखाकुमारी झा, सरिताकुमारी गिरी (यादव) र सविता यादव उम्मेदवार छन् ।

nijgadh-supermart-adz1200-630