skip this

सार्वजनिक माध्यमिक विद्यालय निजगढको ६१औँ विद्यालय जन्मोत्सव तथा अभिभावक दिवसको तयारी पुरा

804 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका–५, बागदेवस्थित श्री सार्वजनिक माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) ले आफ्नो ६१औँ विद्यालय जन्मोत्सव तथा अभिभावक दिवस समारोहको तयारी पुरा भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अनुसार कार्यक्रम २०८२ साल पौष २२ गते मंगलबार बिहान १०ः३० बजे विद्यालय प्राङ्गणमा आयोजना हुने समारोहमा विद्यालयको शैक्षिक प्रगति, प्राविधिक शिक्षाको अवस्था, अभिभावक–विद्यालय सहकार्य तथा आगामी कार्ययोजनाबारे प्रस्ताव पेश हुनेछ ।

“प्रविधिसहितको भौतिक पूर्वाधार, प्राविधिक शिक्षा हाम्रो सरोकार” भन्ने मूल नारासहित आयोजना गरिने कार्यक्रम भव्य रूपमा मनाउन विभिन्न तयारी गरिएको थियो ।

जन्मोत्सवमा जनप्रतिनिधि, शिक्षा क्षेत्रका विज्ञ, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा विद्यालयको वार्षिक गतिविधि समीक्षा, विद्यार्थी प्रतिभा प्रस्तुति, सम्मान कार्यक्रम तथा प्राविधिक शिक्षासम्बन्धी प्रदर्शनीसमेत समावेश गरिने विद्यालयका प्रधानाध्यापक हस्तबहादुर लामाले जानकारी दिए ।

विद्यालयले यस महत्वपूर्ण अवसरमा सम्पूर्ण अभिभावक, शिक्षा प्रेमी तथा स्थानीयवासीलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाउन आग्रह गरेको छ ।

nijgadh-supermart-adz1200-630