skip this

बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयको कर्मचारीलाई छ्यापियो मोबिल

705 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयका सहायक शाखा अधिकृत जीवरमण पौडेललाई कार्यालयमै मोबिल छ्यापिएको छ।

आफूलाई जेनजी युवा बताउने एक युवकले बोतलमा मोबिल लगेर सहायक शाखा अधिकृत जीवरमण पौडेललाई छ्यापेका हुन्।

जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले नेपालले मोबिल छ्याप्ने व्यक्तिको खोजी भइरहेको जानकारी दिए ।

मोबिल छ्यापेपछि केहीबेर ती युवकले अधिकृत जीवनसँग भनाभन समेत गरेका थिए। मोबिल छ्यापेपछि भएको भनाभनको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। जसमा ती युवकले आफ्नो नाम आनन्द कुमार गुप्ता भएको र जेनजीको सहसचिव भएको समेत बताएका छन्।

nijgadh-supermart-adz1200-630