skip this farak Kura Pravakar

नेराआवि लालको ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको तयारी सुरु

888 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–निजगढ नगरपालिका–१०, लालस्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयले आफ्नो ३६ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस आगामी पुस २९ गते भव्य रूपमा आयोजना गर्ने भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिद्धार्थ लोप्चनले विद्यालयले शिक्षा, संस्कार र भविष्य निर्माणको साझा यात्रामा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताउँदै उक्त कार्यक्रममा उपस्थित भई बालबालिकाको प्रतिभा, मेहनत र उपलब्धिको साक्षी बन्न सम्पूर्ण अभिभावकज्यू, शिक्षाप्रेमी महानुभाव तथा शुभेच्छुकहरूलाई आमन्त्रण गरिएको जानकारी दिए ।

वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक, सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्नो क्षमता प्रदर्शन गर्ने विद्यालयले जनाएको छ । अभिभावक र समुदायको उपस्थितिले विद्यालय परिवारलाई थप उत्साह, प्रेरणा र आत्मविश्वास मिल्ने विश्वास विद्यालय व्यवस्थापन समितिले व्यक्त गरेको छ ।

कार्यक्रमले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउँदै गुणस्तरीय शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

nijgadh-supermart-adz1200-630