skip this farak Kura Pravakar

भारतीय कारमा अफिम ओसारपसार गर्ने ३ जना बाराबाट पक्राउ

561 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-भारतीय कारमा अफिम ओसारपसार हुने गरेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई बाराको प्रसौनीबाट नियन्त्रणमा लिएको छ ।

दुई वटा पोकामा राखिएको २ केजी २४ ग्राम लागूऔषध अफिमसहित पर्सा बहुदरमाई ७ का निलेश पटेल कुर्मी, वीरगंज ११ का जौवाद अहमद र विन्दावासिनी २ का शेषनाथ चौरासियालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सवार रहेको बीआर ०१सीएल६०७९ नम्बरको कारसमेत बरामद गरिएको छ । नियन्त्रणमा लिइएकाहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

 

nijgadh-supermart-adz1200-630