बारा क्षेत्र नं. १ का उम्मेदवार मैनालीको उपस्थितिमा नेकपा एमाले निजगढ नगर कमिटीको बैठक सम्पन्न
वि.सं.२०८२ माघ ४ आइतवार २१:२२

नेकपा एमाले निजगढ नगर कमिटीको पदाधिकारी, जिल्ला कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, वडा कमिटीका अध्यक्ष तथा सचिवहरूको सहभागितामा बैठक सम्पन्न भएको छ । बैठकमा प्रतिनिधिसभा सदस्य बारा क्षेत्र नं. १ का उम्मेदवार अच्युत मैनालीको समेत उपस्थिति रहेको थियो ।
बैठकमा नगर ईचार्ज लिलादेवी लामिछाने खनाल लगायत प्रदेश कमिटी, जिल्ला कमिटीका नेताहरु समेत सहभागि थिए ।
बैठकले यही ६ गते हुने उम्मेदवारी दर्ता कार्यक्रममा पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्तालाई अनिवार्य रूपमा सहभागी हुन अनुरोध गरेको छ। निजगढ नगर कमिटीका अध्यक्ष तिलक घलानले उक्त जानकारी दिँदै उम्मेदवारी दर्ता कार्यक्रमलाई सफल बनाउन सबैलाई सक्रिय सहभागिताको आग्रह गरे ।
निर्णयअनुसार ६ गते बिहान १० बजे फुयाल चिया पसलमा जम्मा भई ११ बजे कोहल्बीस्थित निर्वाचन कार्यालयतर्फ जाने कार्यक्रम तय गरिएको छ ।
वि.सं.२०८२ माघ ४ आइतवार २१:२२

















