skip this farak Kura Pravakar
स्थानीयवासी तथा व्यवसायीहरूले नगरपालिकासँग समान र व्यवस्थित नीति लागू गर्न तथा बजार क्षेत्रमै अटो पार्किङको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
अब प्रश्न उठेको छ—के निजगढ नगरपालिका बजार क्षेत्रप्रति सचेत भएर समान नीति लागू गर्नेछ, कि यस्तै विभेदपूर्ण व्यवहारलाई निरन्तरता दिनेछ ।

निजगढ बजारमा अटो पार्किङ व्यवस्थापनमा नगरपालिका उदासीन !  शहीद चोकमा मात्रै सिमित 

ट्राफिक जाम, पैदल यात्रुहरूलाई असहजता

429 shares
oil-nigam-amlekhgunj-adv.jpeg

निजगढ–बाराको निजगढ बजार क्षेत्र अत्यन्त संवेदनशील तथा व्यस्त व्यापारिक केन्द्र भए पनि यहाँ अटो रिक्सा पार्किङ व्यवस्थापनमा नगरपालिका गम्भीर रूपमा असफल भएको देखिएको छ ।

बजार क्षेत्रभित्र दैनिक सयौं अटो चल्ने र यात्रु आवतजावत हुने भए पनि व्यवस्थित पार्किङ नहुँदा सडक अस्तव्यस्त बन्नुका साथै दुर्घटनाको जोखिम समेत बढ्दै गएको स्थानीयको गुनासो छ ।

स्थानीय व्यापारी तथा सर्वसाधारणका अनुसार निजगढ बजार क्षेत्रमै अटोहरू जथाभावी पार्क हुँदा ट्राफिक जाम, पैदल यात्रुहरूलाई असहजता र व्यापारिक गतिविधिमा समेत नकारात्मक प्रभाव परिरहेको छ। यति संवेदनशील क्षेत्रको व्यवस्थापनमा नगरपालिका मौन बसेको भन्दै स्थानीयवासीहरूले असन्तुष्टि व्यक्त गरेका छन् ।

विडम्बना के छ भने बजार क्षेत्रबाट करिब ७०० मिटर टाढा रहेको शहीद चोकमा भने अटो पार्किङ व्यवस्थापनका लागि नगरपालिकाले स्थान तोकिदिएको छ । तर सबैभन्दा व्यस्त र संवेदनशील बजार क्षेत्रमा यस्तो व्यवस्थापन नगर्नु नगरपालिका स्वयंको विभेदकारी नीतिको उदाहरण भएको स्थानीयहरूको आरोप छ ।

स्थानीय व्यवसायीहरू भन्छन्, “जहाँ सबैभन्दा बढी ट्राफिक चाप छ, त्यहीँ व्यवस्थापन हुनुपर्थ्यो। तर नगरपालिकाले बजार क्षेत्रलाई बेवास्ता गरेर शहीद चोकमा मात्रै पार्किङ को उचित व्यवस्थापन ले विभेदपूर्ण व्यवहार गरेको उचित होइन।” स्थानियवासी भन्छन ।

यदि तत्काल प्रभावकारी पार्किङ व्यवस्था नगरे बजार क्षेत्रमा थप ट्राफिक समस्या बढ्ने र दुर्घटनाको जोखिम अझ बढ्ने सम्भावना देखिन्छ। स्थानीयवासी तथा व्यवसायीहरूले नगरपालिकासँग समान र व्यवस्थित नीति लागू गर्न तथा बजार क्षेत्रमै अटो पार्किङको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।

यस विषयमा सम्बन्धित निकायले गम्भीर ध्यान नदिए नागरिकको असन्तुष्टि अझ बढ्ने देखिन्छ । अब प्रश्न उठेको छ—के निजगढ नगरपालिका बजार क्षेत्रप्रति सचेत भएर समान नीति लागू गर्नेछ, कि यस्तै विभेदपूर्ण व्यवहारलाई निरन्तरता दिनेछ ।

nijgadh-supermart-adz1200-630