औषधिको ५० प्रतिशतभन्दा बढी हिस्सा नेपालमै उत्पादित औषधि कम्पनीले ओगटेको छ : सन्तोष बराल, महासचिव, एप्पोन
वि.सं.२०८२ फागुन २९ शुक्रवार २१:१७
279
shares

नेपालमा हुने वार्षिक औषधिको कारोबारमा स्वेदशमा उत्पादित औषधिको हिस्सा कति छ ?
- हामीले उत्पादन गर्ने औषधिको बजार वार्षिक ६०–७० अर्ब हाराहारी देखिन्छ । नेपालमा उत्पादित र बाहिरबाट आउने औषधिको बजार वार्षिक एक खर्बबराबरको छ । मुख्यत: भ्याक्सिन तथा सर्जिकल सामग्रीचाहिँ बढी विदेशबाट आयात हुन्छ । हाल नेपालमा माग भइरहेको औषधिको ५० प्रतिशतभन्दा बढी हिस्सा नेपालमै उत्पादित औषधि कम्पनीले ओगटेका छन् ।
नेपालमा औषधि उत्पादन, यसको बजारीकरण र बिक्री–वितरणमा नीतिगत समस्या के–के छन् ?
- नेपालमा चाहिने औषधिको ठुलो हिस्सा नेपालकै औषधि उत्पादक उद्योगले ओगटे पनि हामीले नै उत्पादन गर्न सक्ने र उत्पादन गरिरहेका केही औषधि अझै पनि विदेशबाट आयात गरिन्छन् । यसमा ‘कन्ट्र्याक्ट म्यानुफ्याक्चरिङ’को प्रणाली मात्र लागू गर्दा अन्य देशमा बनेर नेपाल आयात हुने औषधि नेपालमै बन्न सक्ने अवस्था हुन सक्छ ।
हाल भ्याक्सिन तथा महँगा औषधि नेपालमा उत्पादन गर्न सकिएको छैन, यसको कारण के हो ?
- कतिपय महँगा औषधि र भ्याक्सिन बढी विदेशबाट आयात गरिन्छन् । केही औषधि महँगो पर्नुको कारण त्यसको उत्पादन थोरै हुनु हो । जुन औषधि थोरै माग हुन्छ र थोरै मात्रामा उत्पादन हुन्छ, त्यसको मूल्य स्वाभाविकै रूपमा महँगो पर्छ । नेपालमा हाल कुनै पनि औषधि तयार पार्न करिब १८ देखि २० प्रकारका सामग्री आवश्यक पर्छन् । जसमा कच्चापदार्थ, प्याकिङ सामग्री, रासायनिक पदार्थलगायत वस्तु प्रयोग हुन्छन् । कुनै पनि औषधि बन्नेबित्तिकै तत्कालै बजारमा पठाउन मिल्दैन । हामीकहाँ भ्याक्सिन उत्पादन सम्भव छ, तर त्यो महँगो पर्छ । हाल सरकारले कतिपय भ्याक्सिन अनुदानमा ल्याएर आफ्ना नागरिकलाई दिइरहेको अवस्था छ ।
-नयाँ पत्रिका दैनिकबाट
वि.सं.२०८२ फागुन २९ शुक्रवार २१:१७




![सञ्चालक भाग्ने या उम्किने अवस्था छैन : सहकारी विभाग रजिष्ट्रार नमराज घिमिरे [अन्तर्वार्ता ] सञ्चालक भाग्ने या उम्किने अवस्था छैन : सहकारी विभाग रजिष्ट्रार नमराज घिमिरे [अन्तर्वार्ता ]](https://faraknepal.com/wp-content/uploads/2023/05/namaraj-ghimire-faraknepal-428x254.png)
![निजी क्षेत्रका कतिपय माग सरकारले सुन्दैन : अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी [अन्तर्वार्ता] निजी क्षेत्रका कतिपय माग सरकारले सुन्दैन : अर्थशास्त्री डा. चन्द्रमणी अधिकारी [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2023/05/chandramadi-adhikari-faraknepal-428x254.jpg)
![क्यान महासंघको विधान नै युवालाई नेतृत्वमा पुग्न बाधक छ : चिरञ्जीवी अधिकारी [अन्तर्वार्ता] क्यान महासंघको विधान नै युवालाई नेतृत्वमा पुग्न बाधक छ : चिरञ्जीवी अधिकारी [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2022/08/chiranjibi-5-428x254.jpg)
![मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ] मलाई असफल पार्ने र छायाँमा पार्ने योजना बन्यो : सुरथ पुरी, नगर प्रमुख [ जनप्रतिनिधि संवाद ]](https://faraknepal.com/wp-content/uploads/2022/08/surathpuri1-428x254.png)
![हाम्रो सहकार्यको क्षेत्रमा पहिलो तार्गेट शिक्षा नै हो [अन्तर्वार्ता] हाम्रो सहकार्यको क्षेत्रमा पहिलो तार्गेट शिक्षा नै हो [अन्तर्वार्ता]](https://faraknepal.com/wp-content/uploads/2022/08/arpit-agrawal-viji-faraknepal-428x254.jpg)







